मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

निर्वाचन आयोगद्धारा मतदाता नामावली दर्ताको समय थप

आगामी मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ ।आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय थप गरेको छ ।

आयोगले पाँच दिन समय बढाउँदै आगामी मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।

आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेकोमा मतदाता नामावली दर्ता समय थपिएको प्रवक्ता भट्टराइले बताउनुभयो ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको थियो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोनमा कुरा गर्नुहुँदै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीको आग्रहपछि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पाँच दिन म्याद थप्न सकारात्मक रहेको जवाफ दिनुभएको थियो ।

यस्तै प्रधानमन्त्री कार्कीले ‘इन्टरनेट सर्भर’मा देखिएको समस्याका विषयमा पनि आयोगसँग चासो व्यक्त गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार