भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया

निर्धारित मितिमा महाधिवेशन नगरिएन विशेष महाधिवेशनको प्रक्रियालाई फेरि अघि बढाउन बाध्य हुने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर  १८ गते। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ।

पार्टीको विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट आज आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो, “हामी सबैले एकै लक्ष्य लिएर अघि बढ्न सक्नुपर्छ। १५औँ महाधिवेशन केवल औपचारिकता होइन, पार्टीको भविष्य निर्धारण गर्ने अवसर हो। त्यसैले इमानदार, निष्ठावान् र समर्पित नेताकार्यकर्ताको सक्रियता अहिले अत्यन्त जरुरी छ।”

नेता घिमिरेले सबैका सुझावलाई पार्टी नेतृत्वसमक्ष पुर्‍याइने तथा महाधिवेशन तयारीलाई थप गति दिने प्रतिबद्धता जनाउनुभएको थियो।

कांग्रेस नेता देवराज चालिसेले महाधिवेशन निर्धारित मितिमा नै हुनुपर्नेमा जोड दिँदै महाधिवेशन समयमै नहुँदा उत्पन्न हुने अनिश्चितता पार्टी हितमा नहुने र त्यसले सङ्गठनात्मक संरचनामा विचलन ल्याउने सम्भावना रहने उल्लेख गर्नुभयो। नेता चालिसेले भन्नुभयो, “पार्टीभित्र देखिएका द्वन्द्वलाई संवाद र आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने भएकाले सोही प्रक्रियालाई बलियो बनाउने दिशामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने भएको छ।”

नेता नारायण भट्टराईले आफूहरुले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नलिएको तथा केवल रोकेको मात्र बताउनुभयो। उहाँले भन्नुभयो, “यदि निर्धारित मितिमा महाधिवेशन गरिएन भने विशेष महाधिवेशनको प्रक्रियालाई फेरि अघि बढाउन बाध्य हुनेछौँ।”

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्ने, विधान सुधारमा छलफल गर्ने तथा आगामी राजनीतिक दिशा–निर्देशन तय गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी विभिन्न जिल्ला, क्षेत्रीय र भ्रातृ–सङ्गठनका प्रतिनिधिहरूले महाधिवेशन तयारीका सम्बन्धमा आफ्ना सुझाव, गुनासो र अपेक्षाहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले सभासद् चयन प्रक्रिया, सदस्यता नवीकरण, आन्तरिक सङ्गठन विस्तार तथा आर्थिक व्यवस्थापनलगायत विषयमा थप पारदर्शिता र गतिशीलता आवश्यक भएको धारणा राख्नुभएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार