कार्तिक ७, २०८३ शनिबार October 24, 2026

एमाले महाधिवेशनको तयारी तीव्र

महाधिवेशनमा करिब दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ । महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथिलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण तीव्र पारिएको नेकपा एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताए ।

भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका साथै अन्य संरचनाहरु निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिँदै उनले उद्घाटनका दिनमा करिब पाँच लाख मानिसको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको बताए ।

उद्घाटन स्थलमा १० हजार स्वयंसेवक परिचालन गरिने र ५५० जना स्वयंसेवक पोसाकसहित सहभागी हुने छन् । युवा सङ्घले ५० हजार कार्यकतालाई उद्घाटनस्थलमा ल्याउने र नेसनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रमस्थलमा स्वयंसेवकका रुपमा परिचालन गर्ने भएको छ ।

महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरुको सवारीसाधनलाई जगातीबाट इँटा–टायल कारखाना एवं स्थानीय प्लटिङमा पार्किङ गर्ने र र्यालीसहित सल्लाघारी उद्घाटनस्थलमा आउने र पश्चिमबाट आउने सवारीसाधनलाई मध्यपुरथिमिको गट्ठाघरस्थित नागगरिक उड्डयन प्राधिकरणको खाली जग्गा एवं कमेरोटार क्षेत्रका खाली जग्गामा पार्किङ गरेर र्यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

महाधिवेशनमा करिब दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहनेछ । पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिको छनोट प्रक्रिया शीर्षस्थ नेताहरुको टोलीले गरिरहेको उनले जानकारी दिए । यस पटकको महाधिवेशनमा एमालेले कुल प्रतिनिधि सङ्ख्यामा एक चौथाइ जेनजी युवाहरुलाई प्रतिनिधि बनाएको र केन्द्रीय कमिटीमा पनि जेनजीको प्रतिनिधित्व सुनिश्चित गरिने नेता बस्नेतले जानकारी दिए ।

यही मङ्सिर २७ गते १२ बजे उद्घाटन सत्र सुरु गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गरने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल
२०८३ कार्तिक ७, शनिबार
महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध राष्ट्रिय जागरण अभियानमा जुटौँ : प्रचण्ड
२०८३ कार्तिक ७, शनिबार
नेपाली कम्युनिष्ट पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ कात्तिक ७ देखि मङ्सिर २५ सम्म
२०८३ कार्तिक ७, शनिबार
चितवनमा तीन महिनामा २८ जनाद्धारा नागरिकता परित्याग
२०८३ कार्तिक ७, शनिबार
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित, रुसले दियो जवाफी कदम चाल्ने चेतावनी
२०८३ कार्तिक ७, शनिबार
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
२०८३ कार्तिक ७, शनिबार
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार