कार्तिक ८, २०८३ आइतबार October 25, 2026

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

सन् २०२३ को अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिदाँ लाखौँ नागरिक विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खार्तुम, २२ मङ्सिर । सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् ।

राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त रहेकाले गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा सार्नुपरेको र त्यसैले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।

सुडानी अधिकारीहरूले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्, तर दुवै पक्षले घटनाबारे टिप्पणी गरेका छैनन् । प्रारम्भिक रूपमा स्वयंसेवी समूहहरूले ९ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएका थिए, जुन पछि राज्य सरकारले अद्यावधिक गर्दै मृतक सङ्ख्या ७९ पुगेको जनाएको थियो ।

सन् २०२३ को अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिएको तथा लाखौँ नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका निकायहरूले जनाएको छ, साथै पछिल्ला दिनमा कोर्डोफान क्षेत्रमा हिंसा बढ्दै गएर नागरिक कष्ट झन् गहिरिँदो चेतावनीसमेत दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार
कङ्गोमा नेपाली महिला शान्ति सैनिकको प्रशंसा, नागरिक सुरक्षामा अनुकरणीय योगदान
२०८३ कार्तिक ८, आइतबार
भोटेकोशी बाढीमा बेपत्ता सैनिक चन्दको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि
२०८३ कार्तिक ८, आइतबार
एसिया कपमा छनोट भएका क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने क्यानको घोषणा
२०८३ कार्तिक ८, आइतबार
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
२०८३ कार्तिक ८, आइतबार
अस्पतालमा बढ्दो बिरामीको चापअनुसार जनशक्ति थप्ने र भौतिक संरचना विस्तार गर्ने : स्वास्थ्यमन्त्री मेहता
२०८३ कार्तिक ८, आइतबार