पुष २२, २०८२ मंगलबार January 6, 2026

लोकप्रिय सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्राण्ड एम्ब्यासडर’ नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेजले टेलिभिजन प्रस्तोता टीकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्राण्ड एम्ब्यासडर’ नियुक्त गरेको छ। पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा आयोजित एक विशेष समारोहमा उक्त कम्पनीका प्रबन्ध निर्देशक मिन दर्लामी तथा यात्री मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक टीकाराम यात्रीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

‘नेपालका लोकप्रिय टेलिभिजन पत्रकार तथा संचारकर्मी टीकाराम यात्रीलाई हाम्रो कम्पनीको ब्राण्ड एम्ब्यासडर’ नियुक्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। हामी उहाँको व्यक्तित्व, शालीनता र व्यावसायिकताको प्रशंसा गर्दछौं र उहाँसंग सहकार्य गर्न पाउँदा उत्साहित छौं,’ ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले भने।

पत्रकार टीकाराम यात्रीले बेलायतस्थित नेपाली व्यवसायीले प्रवर्द्धन गरेको प्रतिष्ठित कम्पनी ए स्टार मोर्गेजेजसंग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आफूलाई यो जिम्मेवारी दिएकोमा ए स्टार मोर्गेजेजलाई धन्यवाद ज्ञापन गरेका छन्। ‘अहिले संसार ग्लोबल भिलेज बन्दै गएको छ। नेपाल बाहिर प्रवासी नेपालीले गरेको प्रगति हाम्रालागि पनि गौरवको कुरा हो। तपाईंको प्रगतिमा साझेदारी गर्न हामी सधै तत्पर छौं,’ उनले भने।

ए स्टार फाइनान्सियल सलुशन कम्पनी तथा ए स्टार मोर्गेजेजले गएको १४ वर्षदेखि नेपाली लगायत अन्य समुदायलाई मोर्गेजेज, रियल एस्टेट, बीमा, पेन्सन, इन्भेस्टमेन्ट, इच्छापत्र र एस्टेट प्लानिंग सम्बन्धी सुझाव तथा सल्लाह प्रदान गर्दै आएका छन्। साथै, ए स्टार मोर्गेजेजले रि – फाइनान्सिंग, बाइ -टु-लेट मोर्गेज तथा इक्विटी पुन:निवेशमार्फत आफ्नो सम्पत्ति पोर्टफोलियो विस्तार गर्न पनि परामर्श प्रदान गर्दै आएको छ। संस्थाले अहिलेसम्म चार हजार भन्दा बढी सेवाग्राहीलाई सेवा दिइसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार