असोज ४, २०८३ आइतबार September 20, 2026

सञ्चार मन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

आगामी निर्वाचन र विकास निर्माणलगायतका समसामयिक विषयमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायतका समसामयिक विषयमा कुराकानी भएको सञ्चार मन्त्री खरेलले जानकारी दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उहाँहरुबीच छलफल भएको छ ।

सञ्चार मन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरूसँग एकपक्षीय र बहुपक्षीय भेटवार्ता गर्दै आउनुभएको थियो ।  उहाँले प्रदेशका मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरूसँग पनि चरणबद्ध भेटवार्ता र विकास निर्माणलगायत समसामयिक विषयमा छलफल गरिरहनुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन सरकारकातर्फबाट सबैखाले तयारी भएको छ । राजनीतिक दलहरूले पनि निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी गतिविधिलाई तीव्रता दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया