मंग्सिर २, २०८३ बुधबार November 18, 2026

दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

‘तत्काल उनीहरूको अवस्था स्पष्ट गर्न र सुरक्षा सुनिश्चित गर्न’ आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नैरोबी, असोज ४ गते । दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका उहाँको पारिवारिक श्रोतले जनाएको छ । उहाँको परिवारले एएफपीलाई यसबारे पुष्टि गर्दै उहाँको बेपत्ता भएको जानकारी विभिन्न अधिकारीलाई दिइएको छ ।

बेलायती नागरिकता पनि प्राप्त गरिसकेका माइका रेड्डी बिहीबार तोकिएको जिम्मेवारीका लागि जिबुटी जानुभएको थियो । शनिबार स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म उहाँ सहकर्मीसँग घण्टैपिच्छे सम्पर्कमा रहनुभएको थियो तर पछि उहाँसँगको सञ्चार विच्छेद भएको उहाँकी पत्नी निकोल बेअड्र्सवथले बताउनुभएको छ ।

Owen Ndlovu/Facebook A close-up of Owen Ndlovu. He has short hair and is wearing a maroon shirt“उहाँको फोन उहाँ जिबुटी पुगेको चार घण्टापछि बन्द भयो”, उहाँकी पत्नी बेअड्र्सवर्थले एएफपीसँग भन्नुभयो, “म धेरै चिन्तित छु ।” उहाँ आफ्ना स्थानीय सहयोगी फिक्सर कुकी महमुदसँगै बेपत्ता हुनुभएको बताइएको छ । रेड्डी ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’का अफ्रिकी समन्वयक हुनुहुन्छ ।

बेपत्ता हुनुअघि उहाँ राजधानीको एउटा होटलमा बस्नुभएको थियो । “उहाँले चर्को गर्मीको मौसमबारे कुरा गर्दै आफ्नो अन्तिम सन्देश हिजो बिहान छोडुनुभएको थियो,” रेड्डीकी आमाले एएफपीसँग भन्नुभयो । “उहाँले कुनै डर व्यक्त गर्नु भएन । त्यसैले हामी आशा गर्दैछौँ कि यो जिबुटी सरकारको कुनै निकायले सोधपुछका लागि रोकेको हो र पछि छोडिने छ,” उहाँले भन्नुभयो ।

परिवारले बताएअनुसार इन्टरपोल, बेलायती उच्च आयोग र दक्षिण अफ्रिकाको परराष्ट्र विभागसहित विभिन्न अधिकारीलाई यसबारे जानकारी जारी गरिएको छ । ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स ९सीपीजे०’ ले जिबुटी अधिकारीलाई ‘तत्काल उनीहरूको अवस्था स्पष्ट गर्न र सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको छ । एएफपीले सम्पर्क गर्दा सरकारी अधिकारीले यस मुद्दाबारे आफूहरू अनभिज्ञ रहेको बताएका छन् भने सत्तारूढ दलका एक वरिष्ठ सदस्यले यो ‘सत्य होइन’ भन्नुभयो । ‘रिपोर्टरर्स विदाउट बोर्डर्स’को सन् २०२६ प्रेस स्वतन्त्रता सूचकाङ्कमा जिबुटी १८० देशमध्ये १६७ औँ स्थानमा छ । रासस/एएफपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार