फागुण ६, २०८२ बुधबार February 18, 2026

कञ्चनपुरमा बीना, एनपी र दीपक बोहरासहित ५५ जना चुनावी मैदानमा

क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट हरिप्रसाद बोहरा, नेकपा (एमाले)बाट डा दीपकप्रकाश भट्टले दिए उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि कञ्चनपुरमा ५५ जनाले मनोनयन दर्ता गराएका छन्। तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर १ र २ मा १९/१९ जना तथा क्षेत्र नम्बर ३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी, नेकपा (एमाले) बाट तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट बीना मगरले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी अनिल राना, मञ्जुदेवी सुनार, यादव सिंह र रुपादेवी विष्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपाबाट दिल्लीबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट कटक जहादुर शाही, नागरिक उन्मुक्तीबाट कृष्णबहादुर चौधरी, संयुक्त नागरिकबाट दानियल विक, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्रबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट पुरन राना थारु, उज्याले नेपालबाट माइकल तामाङले मनोनयन दर्ता गराएका छन्। त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट राजाराम डँगौरा, आम जनता पार्टीबाट सीता विक, मितेरी पार्टी नेपालबाट सियाराम राना र मंगोल नेश्नल अर्गनाइजेशनबाट हुमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट नारायणप्रकाश (एनपी) साउँद, नेकपा (एमाले)बाट बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट माधव पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक बोहराले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए। उनको अनुसार यस क्षेत्रमा स्वतन्त्र र पार्टीबाट गरी १९ जनाको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट हरिप्रसाद बोहरा, नेकपा (एमाले)बाट डा दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महताले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट कर्णबहादुर चन्द, मितेरी पार्टी नेपालबाट किरना थापा, श्रम संस्कृति पार्टीबाट गङ्गादत्त जोशी, राप्रपाबाट पूर्णबहादुर चन्द, उज्यालो नेपालबाट भीम कुमाल, नेपाल मजदुर किसान पार्टीबाट मीनु गिरी, आम जनता पार्टीबाट लक्ष्मीकुमारी विष्टले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय जनमोर्चाबाट लालबहादुर कुँवर, राष्ट्रिय मुक्तीबाट लोकराज भट्ट, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट विष्णुप्रकाश उपाध्यायले मनोनयन गरेका छन्। हर्कबहादुर ऐर, वीरसिंह क्षेत्री र थानेश्वर लेखकले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीले जानकारी दिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार