कार्तिक ७, २०८३ शनिबार October 24, 2026

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

डा. अनुप बास्तोला सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएकी थिइन् ।

तर निर्णय माघ ४ गते नै भए पनि नियुक्ति पत्र भने केही ढिला गरी हिजो मात्र दिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि टेकु अस्पतालको निर्देशकको भूमिकामा डा. युवानिधि बसौला कार्यरत थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डा. बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेसँगै टेकुमा निर्देशक पद रिक्त भएको थियो ।

संक्रामक रोग विशेषज्ञका रूपमा चिनिने डा. बास्तोलाको पुनरागमनसँगै टेकु अस्पतालको सेवा प्रवाह र आगामी दिनमा आउन सक्ने सरुवा रोगको चुनौती सामना गर्न थप सहज हुने विश्वास लिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित, रुसले दियो जवाफी कदम चाल्ने चेतावनी
२०८३ कार्तिक ७, शनिबार
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
२०८३ कार्तिक ७, शनिबार
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार