फागुण ६, २०८२ बुधबार February 18, 2026

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

मतदानका लागि आवश्यक सबै तयारी पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, ११ माघ : राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।

निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचन तयारीका सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि कर्मचारी खटाइसकिएको र मतदान केन्द्रसमेत निर्माण भइसकेको छ । मतदान केन्द्रमा मतपत्रसमेत आइसकेको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी छ जना प्रतिस्पर्धामा छन् । महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, अन्य क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराउनुभएको छ । एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ ।

गण्डकी प्रदेश

आज हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत दुुई जना सदस्यका लागि गण्डकी प्रदेशमा निर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले मतदानका लागि कर्मचारी व्यवस्थापन एवं सुरक्षा व्यवस्थालगायत सबै तयारी सम्पन्न भएको जानकारी दिनुुभयो ।

उहाँका अनुुसार मतदानका लागि निर्वाचन कार्यालय परिसरमा नै दुईवटा केन्द्र स्थापना गरिएको छ । एउटा केन्द्रमा ५९ जना प्रदेशसभा सदस्यहरूले मतदान गर्नेछन् भने अर्को केन्द्रमा एक सय ६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् ।

गण्डकीमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा उम्मेदवार उठाएका छन् । एमालेबाट महिलातर्फ सम्झना देवकोटाको उम्मेदवारी परेको भने अन्यतर्फ नेपाली कांग्रेसका प्राध्यापक डा जगत् तिमिल्सिनाको उम्मेदवारी परेको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिलातर्फ गोमा लुइँटेल घिमिरे र अन्यतर्फ कपिल लामालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले अन्यतर्फ शङ्करप्रसाद बराल र महिलातर्फ अधिवक्ता लक्ष्मी बाँस्कोटालाई उम्मेदवार बनाएको छ । गण्डकीमा राष्ट्रियसभा निर्वाचनका लागि ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् । जसमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार