श्रावण २०, २०८३ बुधबार August 5, 2026

बालेन उदयसँगै भारतीय हिन्दुवादी संगठनको चासो, आरएसएसको गतिविधि बढ्यो

आरएसएस प्रतिनिधि र बालेनका निकट सल्लाहकारबीच भेट, राजनीतिक वृत्तमा तरंग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतीय कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रतिनिधि तथा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सहप्रचारक रेवित कुमारले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका निकट सहयोगी कुमार व्यञ्जनकारसँग भेटवार्ता गरेका छन्।

पछिल्लो समय नेपालमा बालेन साहको राजनीतिक प्रभाव बढ्दै गएको र उनी राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिन थालेपछि आरएसएसले नेपालस्थित आफ्ना प्रतिनिधिलाई बालेनसँग सम्बन्ध विस्तार गर्न सक्रिय बनाएको स्रोतको दाबी छ। यही क्रममा पाटनस्थित एक रेस्टुरेन्टमा बालेन साहका सल्लाहकार व्यञ्जनकार र आरएसएस प्रतिनिधिबीच भेट भएको बताइएको छ।

स्रोतका अनुसार सुरुमा उक्त भेटमा बालेन साह स्वयं सहभागी हुने तयारी थियो। तर भेटबारे मिडियामा सूचना चुहिएपछि उनले प्रत्यक्ष उपस्थित नहुने निर्णय गर्दै आफ्ना प्रतिनिधिलाई पठाएका थिए। भेटमा पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्ध, र भावी राजनीतिक सम्भावनाबारे अनौपचारिक छलफल भएको स्रोतको भनाइ छ।

बालेन साह आरएसएस प्रतिनिधिहरूसँग पहिलेदेखि नै सम्पर्कमा रहेको र उनीहरूबीच सम्बन्ध सकारात्मक रहेको दाबी पनि स्रोतले गरेको छ। बालेन साहले आफ्नो हिन्दुवादी छवि सुदृढ गर्न चुनावी प्रचारका क्रममा देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न मठमन्दिरको भ्रमण गरेको तथ्यलाई पनि सोही सन्दर्भमा हेरिएको छ।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन साहलाई भावी प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेसँगै उनको राजनीतिक उचाइ थप बढेको छ। भारतविरोधी छवि बोकेका एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रबाट उदाएका बालेन साहको राजनीतिक यात्राले नेपाल मात्र नभई भारतमा समेत चासो बढाएको विश्लेषण भइरहेको छ।

यस भेटघाटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। तर बालेन साह पक्षले औपचारिक रूपमा यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार