जेठ २३, २०८३ शनिबार June 6, 2026

कांग्रेस समाजमा योगदान गर्न चाहनेका लागि राजनीतिको विश्वविद्यालय हुन्छ: महामन्त्री पौडेल

विगतका कमजोरी सुधार्दै पार्टीमा सुधार र देश विकासका लागि सबैलाई साथ लिएर अगाडि बढ्न आफूहरू तयार भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ फागुन: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताउनुभएको छ ।

बुद्धिजीवी तथा पेसागत समूहद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले कांग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको बताउँदै समाजमा योगदान दिने जोकोहीलाई आउन मिल्ने र उनीहरूलाई पार्टीमा उचित व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

महामन्त्री पौडेलले विगतका कमजोरी सुधार्दै पार्टीमा सुधार र देश विकासका लागि सबैलाई साथ लिएर अगाडि बढ्न आफूहरू तयार भएको बताउनुभयो । स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न सहमतिको भावनाका साथ सबै प्रतिबद्ध भएर लाग्नुपर्ने भन्दै उहाँले त्यसमा आफू र आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

पूर्वमन्त्री नरहरि आचार्यले पार्टीमा भएको नेतृत्व परिवर्तनले देशमा आशा जगाएको भन्दै अब कांग्रेसले जनअपेक्षाअनुसार नीति तथा कार्यक्रम परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थशास्त्री डा पोषराज पाण्डेले कांग्रेसमा परिवर्तन आवश्यक रहेकामा त्यो सफल भएको र अब परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पूर्वराजदूत शम्भुराम सिम्खडाले पार्टीमा भएको परिवर्तनमा सबैलाई जोडेर देश विकासमा अगाडि बढ्न सुझाव दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार