कार्तिक ८, २०८३ आइतबार October 25, 2026

‘जुक्ति’ले बनेको सरकारलाई धारा ७८ को तगारो

गृहमन्त्रीले ढाँटे, राष्ट्रपतिकहाँ पुगेन नियुक्ति सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षकका हैसियतमा बनाएको वर्तमान चुनावी सरकारलाई ‘संविधानको धारा ७८ को व्यवस्था लागू हुन्छ कि हुँदैन ?’ भन्ने बहस सुरु भएको छ । निर्वाचन गराउने म्याण्डेटसहित गठन भएको सरकार गैरदलीय र गैरसंसदीय हो । यो सरकारले राष्ट्रपतिले दिएको म्याण्डेटअनुसारको काम सम्पन्न गरिसकेपछि र संविधानको धारा ७८ अनुसारको अवधिसमेत सकिएपछि दूरगामी प्रभाव राख्ने नियुक्तिको निर्णय गरेपछि धारा ७८ को बहस सुरु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले ‘बडो जुक्तिका साथ’ सरकार गठन गरेर संविधानको रक्षा गरेको बताए पनि संविधानको पालना गराउने कर्तव्य भएको सरकार भने गत ३० फागुनबाटै गैरकानुनी भइसकेको छ । राष्ट्रपतिले गत २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनकै सिफारिसमा प्रतिनिधिसभा भंग भई निर्वाचनको घो षणा भएको थियो । कार्कीले ३० भदौमा गृहमन्त्रीमा ओमप्रकाश अर्याल, उर्जामन्त्रीमा कुलमान घिसिङ र अर्थमन्त्रीमा र ामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् ।

३० फागुनमा उनीहरू नियुक्त भएको ६ महिना पूरा भएको छ । संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था धारा ७६ को उपधारा १ मा छ । यही व्यवस्थाअनुसार प्रधानमन्त्रीले संसद् नभएका व्यक्तिलाई मन्त्री नियुक्त गरेकी हुन् ।

धारा ७८ को उपधारा (१) बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने उपधारा २ मा उल्लेख छ । उपधारा (२) बमोजिमको अवधिभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर

निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन भनेर उपधारा ३ मा उल्लेख छ । संविधानको यो व्यवस्थाअनुसार ६ महिनाभित्र संघीय संसदको सदस्य नभए मन्त्री पदबाट स्वतः हट्नुपर्नेमा यो अवधि नाघेको २ दिनपछि बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रीलाई नै राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालयका कर्मचारीहरू भने निर्वाचन गराउन विषम परिस्थितिमा गठन भएको सरकार भएकाले यो सरकारलाई संविधानको धारा ७६ र धारा ७८ को व्यवस्था लागू नहुने तर्क गरिरहेका छन् । संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ ।

जेनजी आन्दोलन जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बताएको सरकारले चौतर्फी दबाबीच पनि सार्वजनिक गर्न सकेन । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गर्दा यसका केही अंश सार्वजनिक गर्ने भनेको थियो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार प्रतिवेदनका कतिपय विषय सार्वजनिक गर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।

तर, सोमबार सरकारले यो प्रतिवेदनका कुनै पनि अंश सार्वजनिक गरेन । प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताले माइतीघरमण्डलामा दैनिक प्रदर्शन गरिरहेका छन् ।

सरकारले आइतबार प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसको जानकारी गृहमन्त्री स्वयंले दिएका थिए । तर, सोमबार साँझसम्म अर्याललाई मनोनयनका लागि गरिएको सिफारिस राष्ट्रपति कार्यालय पुगेन । विगतमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने यस्ता नियुक्तिको पत्र तत्काल राष्ट्रपतिको कार्यालय पुग्ने गरेको थियो ।

तर यसपटक राष्ट्रपति कार्यालय र संसद् सचिवालय दुबैमा पत्र आइनपुगेको सम्बन्धित कार्यालयका अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक शाखाका कर्मचारीहरूका अनुसार अर्याललाई गरिएको सिफारिसको पत्र नै सोमबार बेलुकीसम्म तयार नभएका कारण राष्ट्रपति कार्यालय नपुगेको हो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार