मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै: संयुक्त राष्ट्र

प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, आश्रय तथा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व खाद्य कार्यक्रमले सन् २०२६ सम्म विश्वमा तीव्र खाद्य अभाव झेल्ने मानिसहरूको सङ्ख्या नयाँ रेकर्डमा पुग्न सक्ने जनाएको छ । द्वन्द्व लम्बिँदै गएमा थप करिब ४ करोड ५० लाख मानिस खाद्य असुरक्षामा पर्न सक्ने अनुमान गरिएको छ ।

विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरुमा अवरोध सिर्जना हुँदा तेल ढुवानी मात्र होइन, मल बोकेका जहाजहरूको आवतजावत पनि प्रभावित भएको छ, जसले खाद्य उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, आश्रय तथा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास तीव्र बनाएको जनाएको छ । लेबनानमा लाखौं मानिसलाई तातो खाना, अत्यावश्यक सामग्री र सफा पानी वितरण गरिएको छ ।

यसैबीच, विस्थापनका कारण १० लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्, जसमा करिब ३ लाख बालबालिका रहेका छन् । धेरैजसो प्रभावितहरू सार्वजनिक आश्रयस्थल बाहिर नै बस्न बाध्य छन् ।

स्वास्थ्य क्षेत्रमा पनि गम्भीर असर परेको छ । आक्रमणका कारण स्वास्थ्यकर्मीहरू मारिनुका साथै अस्पताल तथा स्वास्थ्य पूर्वाधारमा क्षति पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र सर्वसाधारण नागरिक तथा सहयोगकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वले विश्व अर्थतन्त्रसँगै खाद्य सुरक्षामा समेत गम्भीर चुनौती खडा गरेको देखिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार