कार्तिक ४, २०८३ बुधबार October 21, 2026

कर्णाली प्रदेशसभा बैठक : ‘हवाई सेवासम्बन्धी सङकल्प प्रस्ताव’ पारित

सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लामा उडान नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जबाट यात्रुले हवाई सेवा लिने गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत। कर्णाली प्रदेशसभामा आज बसेको बैठकमा प्रदेशसभाबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सेवासम्बन्धी सङ्कल्प प्रस्ताव पास भएको छ ।

प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले प्रदेशसभामा पेस गरेको उक्त सङकल्प प्रस्ताव सर्वसहमतिले पास गरेको हो । उक्त प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य दक्षिणा शाही, टेकराज पछाइ रहनुभएको थियो ।

उक्त प्रस्तावको पक्षमा प्रदेशसभा सदस्य उर्मिला विकले समर्थन गर्नुभएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदेशसभामा उठेका कुराको जवाफ दिँदै हवाई सेवाका लागि रु ४० लाख बजेट विनियोजन भएको बताउनुभयो । यो रकम कार्यान्वयन गर्नका लागि मन्त्रालयमा कार्यविधि मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई उडान गर्ने सम्बन्धमा बनेको सङ्कल्प प्रस्ताव सर्वसहमतिले पास भएसँगै सङ्घीय सरकारसँग छलफल हुने प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लामा उडान नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जबाट यात्रुले हवाई सेवा लिने गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया