भाद्र २५, २०८३ बिहिबार September 10, 2026

गीता भट्टराई र नवीन पौडेल को स्वरमा नयाँ गीत ‘घुम्न जाऔँ मायालु’ सार्वजनिक

मनोरञ्जनात्मक शैलीको ‘घुम्न जाऔँ मायालु’ युट्युबमा लोकप्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ मनोरञ्जनात्मक गीत ‘घुम्न जाऔँ मायालु’ सार्वजनिक भएको छ। गीतकार तथा गायिका गीता भट्टराई र चर्चित गायक नवीन पौडेल को स्वरमा रहेको उक्त गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

उक्त गीतमा शब्द स्वयं गीता भट्टराईको रहेको छ भने संगीत सरोज विरही कार्की ले तयार पारेका हुन्। मनोरञ्जनात्मक शैलीमा निर्माण गरिएको गीतले प्रेम र घुमफिरको रमाइलो भाव प्रस्तुत गर्दछ।

गीतको भिडियोमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरू साराङकोट, नगरकोटसिन्धुली लाई आकर्षक ढंगले समेटिएको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सन्देश दिने प्रयास गरेको छ।

भिडियो निर्देशन मिलन श्रेष्ठ ले गरेका छन् भने कलाकार जुना कार्कीसागर थापा को अभिनय देख्न सकिन्छ।

सार्वजनिक भएदेखि नै गीतले युट्युबमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ र दर्शकहरूले यसको लोकेशन, संगीत तथा प्रस्तुतीकरणको प्रशंसा गरिरहेका छन्।

भिडियो हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया