असार १२, २०८३ शुक्रबार June 26, 2026

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, ८ चैतः गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायाता व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उक्त विधेयक प्रदेशसभामा पेस गर्नुभएको हो । सोमबार बस्ने प्रदेशसभा बैठकमा उक्त विधेयकमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।

“विधेयकमाथि छलफल भएपछि पारित गर्ने प्रकृया अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारी, विपक्षी दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य महेन्द्र जिसीले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, दिलमाया पौवी, नन्दकला नेपाली, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, महेश भट्टराई, लिलबहादुर थापा, श्यामराजा महत र हरिबहादुर भण्डारीले आफ्नो धारणा राख्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार