असोज २७, २०८३ मंगलबार October 13, 2026

अर्थविद् केशव आचार्यको निधन

आचार्यकी छोरी अचला अमेरिकाबाट मंगलबार बिहान काठमाडौं आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अर्थविद् केशव आचार्यको निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरलेजानकारी दिए।

आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मंगलबार दाहसंस्कार गरिने शिखरले बताए।

गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो।

आचार्यकी छोरी अचला अमेरिकाबाट मंगलबार बिहान काठमाडौं आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाएका थिए। उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार