असोज २७, २०८३ मंगलबार October 13, 2026

जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’

अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालेको हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अत्तरिया (कैलाली), १२ चैतः भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा आगामी महिनादेखि सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम सञ्चालनका लागि रु दुई करोड २५ लाख बजेट रहेको उहाँले जानकारी दिनुभयो । भैँसीपालनलाई प्रवद्र्धन गर्ने, स्वस्थ पाडापाडी उत्पादन, दूध र मासु निर्यात, युवालाई भैँसीपालनमा प्रेरित गर्ने तथा भैँसीपालक किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भैँसीपालक किसानको उत्पादन बढाउने, किसानको जीविकोपार्जनमा मद्दत पु¥याउने कार्यक्रमको उद्देश्य हो । यस कार्यक्रमबाट साना कृषक पनि लाभान्वित हुनेछन् ।”

कार्यक्रमअन्तर्गत पाडापाडी उत्पादनका लागि माउ भैँसी खरिद, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहारा व्यवस्थापनलगायतमा किसानलाई अनुदान दिइने छ । अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालेको हुनुपर्नेछ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार