असोज २७, २०८३ मंगलबार October 13, 2026

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

सवारी दर्ता किताब (बिलबुक) नवीकरण र जग्गा नामसारी तथा भू–सेवाका कार्य गरिदिन्छु भनि रकम लिइ बिचौलियाको काम गरिरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, १९ चैतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।

प्रहरीले आज सुर्खेत वीरेन्द्रनगरपालिका–७ ईत्रामस्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट १० महिला र मालपोत कार्यालय सुर्खेतबाट छ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।

यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ बस्ने २५ वर्षीय लक्ष्मी शाही, ३४ वर्षीय पार्वती योगी, वडा नं ५ बस्ने ३५ वर्षीय पवित्रा न्यापाने, वडा नं ६ बस्ने २३ वर्षीय सम्झना योगी, ३८ वर्षीय निर्मला योगी, वडा नं ११ बस्ने १८ वर्षीय रोशनी शाही, २० वर्षीय गीता सुनार, ३१ वर्षीय दुर्गा शाही र ३२ वर्षीय रोशमी तिवारी र वडा नं १२ बस्ने २५ वर्षीय कुसुम बुढाक्षेत्री रहेका छन् ।

मालपोत कार्यालयबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ प्रगतिशील टोलका ३६ वर्षीय दीपकबहादुर विक, वडा नं ३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, ३३ वर्षीय प्रदीप खड्का, वडा नं ५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वडा नं १० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र सुर्खेत लेकवेशी नगरपालिका–३ का ३७ रमेश दमाई रहेका छन् ।

उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण र जग्गा नामसारी तथा भू–सेवाका कार्य गरिदिन्छु भनि रकम लिइ बिचौलियाको काम गरिरहेको सूचनाका आधारमा जिप्रका सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार