असोज २७, २०८३ मंगलबार October 13, 2026

प्रहरी ‘अप्रेसन: १८९ जना पक्राउ

रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा नितान्त गुण्डागर्दीमा संलग्न १६ जना रहेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने एक सय ८९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एक साताको अवधिमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही थालिएको जानकारी दिए। पछिल्लो २४ घण्टामा मात्रै एक सय ५० जना पक्राउ गरिएको उनले बताए।

प्रहरी उपरीक्षक भट्टराईले भने, “मुख्यगरी सार्वजनिक सेवा प्रवाह नाममा दुःख, हैरानी दिने, सार्वजनिकस्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएका हौँ, यो अभियान जारी छ।”

उनका अनुसार रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा नितान्त गुण्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको बताए। पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने प्रवक्ता भट्टराईले बताए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुव्र्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिसकेको बताए। सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उनले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार