असार १०, २०८३ बुधबार June 24, 2026

मनोरञ्जन क्षेत्रको व्यवस्थापनका लागि अनुगमन निर्देशिका कार्यान्वयन गर्न माग

कार्यान्वयनका लािग गम्भीर बन्न तीनै तहका सरकारलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ चैतः मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकको हकहित र मर्यादित श्रमसम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

विश्वास नेपालद्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा सरोकार भएकाले मापदण्ड कार्यान्वयनका लागि विगत पाँच वर्षदेखि आवाज उठे पनि सुनुवाइ हुन नसकेको जनाउँदै कार्यान्वयनका लािग गम्भीर बन्न तीनै तहका सरकारलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौँमा रहेका स्थानीय तहलाई निर्देशिका कार्यान्वयनका लागि सहजीकरण गर्न समन्वय समिति तयार रहेको बताउनुभयो । उहाँले सम्बद्ध सरोकार भएकाबीच समन्वय र सहकार्य वृद्धि गरी निर्देशिका कार्यान्वयन गर्न सके सेवा क्षेत्रको व्यवस्थापन र श्रमिकको अधिकार संरक्षणका लागि सघाउ पुग्ने बताउनुभयो ।

समन्वय समिति उपप्रमुख शान्ति पाण्डेले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई व्यवस्थित गर्न निर्देशिकाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसको कार्यान्वयनका लागि सबैलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हिरालाल तण्डुकारले श्रमिक, सेवा क्षेत्रका व्यवसायी र सरोकार भएकालाई विश्वासमा लिएर निर्देशिका कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । यस्तै, महानगर–७ का अध्यक्ष विमल होडाले मनोरञजन तथा सत्कार क्षेत्रका समस्याबारे पटकपटक छलफल तथा समस्या पहिचान गरिएको र तिनको समाधानका लागि अब निर्देशिका कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले निर्देशिकाबारे प्रस्तुतीकरण गर्दै देशमा आठ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको मनोरञ्जन क्षेत्रको व्यवस्थापनका लागि त्यसको कार्यान्वयन नै सबैभन्दा प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले देशभरि विभिन्न चरणमा छलफल र पराशर्मपछि विसं २०७७ निर्देशिका बनाइए पनि काठमाडौँ महानगरजस्ता ठूला स्थानीय तहले नै स्वामित्व लिन नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले औपचारिक रूपमा २७ पटकभन्दा बढी औपचारिक र कैयनपटक अनौपचारिक छलफल र परामर्शपछि निर्देशिका तर्जुमा परेका थियौँ । त्यसमा लाखौँ खर्च भएको छ । कार्यान्वयनका लागि २९ वटा स्थानीय तहलाई मस्यौदा हस्तान्तरण गरेका थियौँ, जिल्ला पालिका र वडागरी नौ वटाले मात्रै लागू गर्नुभएको छ । काठमाडौँलगायत बढी श्रमिक कार्यरत रहेकै क्षेत्रका पालिकाले त्यसलाई लागू गरेका छैनन् । अब पहलकदमी लिनुप¥यो ।”

कार्यक्रममा काठमाडौँका विभिन्न स्थानीय तहका प्रतिनिधि, नेपाल प्रहरी, श्रम कार्यालय, माइती नेपाललगायत सरोकार भएका निकायका प्रतिनिधिले पनि अब तत्काल निर्देशिकाको स्वामित्व लिएर कार्यान्वयन प्रारम्भ गरिनुपर्नेमा जोड दिएका आयोजक संस्थाका कार्यकारी निर्देशक मधु गुरुङले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार