असार ११, २०८३ बिहिबार June 25, 2026

बजार अनुमगन जारी : आज ५६ फर्ममा अनुमगन

बिहीबार ५१ फर्ममा अनुमगन गरेको विभागले शुक्रबार ५६ फर्ममा अनुमगन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ चैतः बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारवाही गरिएको छ ।

काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुमगन गरेको थियो । उल्लेख्य रूपमा फर्म तथा व्यवसायमा अनुमगन गरिएको र सुधारात्मक निर्देशन दिइएको विभागले शुक्रबार उल्लेख गरेको छ ।

कलाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरण नियन्त्रण तथा अधिकत्तम खुद्रा मूल्य कायम गरे नगरेको विषयमा विभागले नियमित बजार अनुमगन गर्दै आएको छ । बिहीबार ५१ फर्ममा अनुमगन गरेको विभागले शुक्रबार ५६ फर्ममा अनुमगन गरेको उल्लेख गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘ड्युटी’को समयमा सेवाग्राहीसँग नमस्ते गर्न ट्राफिक प्रहरीलाई ‘सर्कुलर’
२०८३ असार ११, बिहिबार
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
२०८३ असार ११, बिहिबार
पूर्वाधार निर्माणमा धवलागिरिको फड्को
२०८३ असार ११, बिहिबार
पोषण लेखाजोखा : तीन सय ४७ बालबालिका कुपोषित
२०८३ असार ११, बिहिबार
भूकम्पपछि भेनेजुएलामा भागाभाग, ठूलो मात्रामा जनधनको क्षति अनुमान
२०८३ असार ११, बिहिबार
समिट-ग्रिनविच विवाद उत्कर्षमा: निर्माणपूर्व नै कार्यविधि संशोधन किन?
२०८३ असार ११, बिहिबार
सिंहदरबारमा समानान्तर केन्द्रको अभ्यास : १७ मन्त्रीलाई डेढ सयभन्दा बढी सहयोगी
२०८३ असार ११, बिहिबार