असार १०, २०८३ बुधबार June 24, 2026

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

गणक र सुपरीवेक्षकलाई तालिम दिनेलगायत आवश्यक सबै तयारी पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), २९ चैतः आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने जिल्ला आर्थिक गणना अधिकारी अवधेशकुमार शुक्लाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणक र सुपरीवेक्षकलाई तालिम दिनेलगायत आवश्यक सबै तयारी पूरा भएको छ । यो गणनाले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्याङ्क उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । विसं २०७५ मा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको थियो । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जना संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

“अन्तरराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रलाई २१ क्षेत्रमा विभाजन गरिएको भए पनि यस राष्ट्रिय आर्थिक गणनामा १८ वटा आर्थिक क्षेत्रमा आधारभूत विवरण सङ्कलन गरिनेछ”, आर्थिक गणना अधिकारी शुक्लाले भन्नुभयो, “यसमा दर्ता भएका वा नभएका ठूलासाना उद्योग, व्यापार–व्यवसाय, सेवा क्षेत्र, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय, अस्पताललगायत आर्थिक क्रियाकलाप गरिरहेका एकाइ समेटिने छ ।”

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्याङ्क उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा नागरिकस्तरबाट पनि सहयोग र समन्वय हुुनुपर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार