बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

नौ महिनामा पौने बयालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

पर्यटनमूलक १६४ परियोजनामा ११ अर्ब ४६ करोड २० लाख, सेवामूलक ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपियाँ लगानी प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ३ गते । चालु आथिर्क वर्ष २०८२/८३ को नौ महिनामा पौने ४२ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । चैतमा मात्र ६१ वटा परियोजनामार्फत एक अर्ब १२ करोड २९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा चैत महिनामा लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ । गत फागुनसम्म ५५४ परियोजनामार्फत ४० अर्ब ६६ करोड ९३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार नौ महिनामा नियमित माध्यमबाट १८९ परियोजनामार्फत ३७ अर्ब ६९ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा स्वचालित माध्यममार्फत ४२६ परियोजनामार्फत चार अर्ब नौ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । नौ महिनामा सो अवधिमा कृषिक्षेत्रका १६ परियोजनामा २२ अर्ब ८८ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै पर्यटनमूलक १६४ परियोजनामा ११ अर्ब ४६ करोड २० लाख, सेवामूलक ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै सूचना प्रविधिमूलक ३४६ परियोजनामा एक अर्ब ४५ करोड ७२ लाख, खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख, ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै पूर्वाधारमूलक परियोजनामा शून्य लगानी रहेको छ । चैतसम्म गरिएको लगानी प्रतिबद्धताले २२ हजार तीन सयले रोजगारी पाउने अनुमान गरिएको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार
स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिइने
२०८३ बैसाख ४, शुक्रबार
ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण
२०८३ बैसाख ४, शुक्रबार