बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

सहकार्य, नीति निर्माण र बजेटबारे विमर्श

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबिचको छलफलमा मुख्यतः सङ्घीय सरकार र प्रदेश सरकारबिच समन्वयसहित चार वटा विषय उठान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले पाँच प्रदेशका मुख्यमन्त्रीसँग आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, कानुन एवं नीति निर्माणसहित विकासनिर्माणका समग्र विषयमा परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार तीन घण्टा चलेको बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारबिच रहेका नीतिगत उल्झनलाई समाधान गरी समन्वय र सहकार्य अझै व्यवस्थित बनाउन परामर्श भएको हो ।

प्रधानमन्त्री शाहले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसँग अन्तर्वि्रmयात्मक संवाद गर्नुभएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मातृशोकमा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह स्वास्थ्योपचारमा रहेकाले अनुपस्थित हुनुभयो ।

प्रधानमन्त्री शाहले नीतिगत सन्दर्भमा रहेका समस्याको निराकरणका लागि सङ्घीय सरकार र प्रदेश सरकारको साझा संयन्त्रमार्फत तत्कालै काम आरम्भ गर्ने प्रस्ट पार्नुभयो । उहाँले सङ्घ र प्रदेशबिचका हरेक अप्ठ्यारा सुल्झाउन सङ्घीय सरकार सदैव तयार रहेको र सोही कारण मुख्यमन्त्रीहरूलाई छलफलका लागि आमन्त्रण गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई तत्काल गर्न सक्ने सुधारका कार्य ढिला नगरी अघि बढाउन आग्रह गर्नुभयो । उहाँले बजेट विनियोजन गर्दा कुनै पनि विभेद नगर्ने प्रस्ट पार्नुभयो ।

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबिचको छलफलमा मुख्यतः सङ्घीय सरकार र प्रदेश सरकारबिच समन्वयसहित चार वटा विषय उठान गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यका अनुसार प्रधानमन्त्री शाहसँगको संवादमा सङ्घीयता कार्यान्वयनमा अहिलेसम्म रहेका समस्याको सिर्जनशील ढङ्गले समाधान खोज्ने समझदारी निर्माण भएको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँगको छलफल अन्तर्क्रियात्मक रह्यो । उहाँले पनि आफ्ना कुरा प्रस्ट रूपमा राख्नुभयो । विशेष गरी सङ्घीयता बलियो बनाउने सवालमा आफूले खेल्नुपर्ने भूमिका कमी हुन नदिने प्रतिबद्धता उहाँबाट आयो । बैठकसँगै प्रदेशलाई अझै सुदृढ बनाउन सार्थक मार्गचित्र कोरिएको छ ।”

प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूबाट आएका सुझाव र छलफलमा उठेका विषयमा प्रस्ट पार्नुभयो । बागमती प्रदेशका मुख्यमन्त्री बानियाँका अनुसार तीन तहको सरकारको समन्वय, सहकार्य र सहअस्तित्वको विषयमा संवाद भएको छ । उहाँले भन्नुभयो, “चालु आवमा आएका अप्ठ्यारा, प्रदेशका समस्या र सङ्घीय सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीले जिज्ञासा राख्नुभयो । त्यसपछि हामीले अहिले समानीकरण, ससर्त र विशेष अनुदान घट्दै गएको विषयमा ध्यानाकर्षण गरायौँ । प्रदेशका गौरवका योजना, सात वटै प्रदेशको गौरवको योजना केन्द्रले प्रदेशसँग समन्वय गरेर गर्ने, त्यसमा व्यवस्थित गरेर बाटाहरू राम्रो बनाउनु पर्छ भन्नेमै हाम्रो जोड थियो ।” गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार
स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिइने
२०८३ बैसाख ४, शुक्रबार
ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण
२०८३ बैसाख ४, शुक्रबार