बैसाख ६, २०८३ आइतबार April 19, 2026

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देही । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत १२औँ बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची छ ।

यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया