कार्तिक ९, २०८३ सोमबार October 26, 2026

आजदेखि कास्कीको ल्वाङगाउँमा ‘सिनेमा संवाद’ शुरु

‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा अभिनेत्री आचल शर्मा, अभिनेता सलोन बस्नेत र अभिनेत्री सनिशा भट्टराई वक्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी, २५ वैशाखः चौथो संस्करणको ‘सिनेमा संवाद’ आजदेखि कास्कीको पर्यटकीय गाउँ ल्वाङमा सुरु हुँदैछ । नेपाली चलचित्र क्षेत्रका विविध विषयमा सिर्जनात्मक बहससहित चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अनुभव आदानप्रदान हुने उक्त कार्यक्रमको तयारी पूरा भएको आयोजक चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले जनाएको छ ।

शनिबारसम्म चल्ने संवाद कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा बौद्धिक छलफल एवं विमर्श हुने सङ्घका अध्यक्ष सन्तोष बस्यालले बताउनुभयो । यसपालिको संस्करणमा ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द्व’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’लगायत विषयमा बहस हुने उहाँको भनाइ छ ।

‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा अभिनेत्री आचल शर्मा, अभिनेता सलोन बस्नेत र अभिनेत्री सनिशा भट्टराई वक्ताका रूपमा रहनुभएको छ । ‘सिनेमामा द्वन्द्व’ विषयमा अभिनेता निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डित वक्ताका रूपमा रहनुभएको छ ।

‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र अभिनेत्री बेनिशा हमाल वक्ताका रूपमा सहभागी हुने जनाइएको छ । ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनुभएको छ ।

यस कार्यक्रमले माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङगाउँको पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्र क्षेत्रका विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा ‘सिनेमा संवाद’ आयोजना गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार