बैसाख २५, २०८३ शुक्रबार May 8, 2026

आजदेखि कास्कीको ल्वाङगाउँमा ‘सिनेमा संवाद’ शुरु

‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा अभिनेत्री आचल शर्मा, अभिनेता सलोन बस्नेत र अभिनेत्री सनिशा भट्टराई वक्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २५ वैशाखः चौथो संस्करणको ‘सिनेमा संवाद’ आजदेखि कास्कीको पर्यटकीय गाउँ ल्वाङमा सुरु हुँदैछ । नेपाली चलचित्र क्षेत्रका विविध विषयमा सिर्जनात्मक बहससहित चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अनुभव आदानप्रदान हुने उक्त कार्यक्रमको तयारी पूरा भएको आयोजक चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले जनाएको छ ।

शनिबारसम्म चल्ने संवाद कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा बौद्धिक छलफल एवं विमर्श हुने सङ्घका अध्यक्ष सन्तोष बस्यालले बताउनुभयो । यसपालिको संस्करणमा ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द्व’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’लगायत विषयमा बहस हुने उहाँको भनाइ छ ।

‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा अभिनेत्री आचल शर्मा, अभिनेता सलोन बस्नेत र अभिनेत्री सनिशा भट्टराई वक्ताका रूपमा रहनुभएको छ । ‘सिनेमामा द्वन्द्व’ विषयमा अभिनेता निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डित वक्ताका रूपमा रहनुभएको छ ।

‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र अभिनेत्री बेनिशा हमाल वक्ताका रूपमा सहभागी हुने जनाइएको छ । ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनुभएको छ ।

यस कार्यक्रमले माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङगाउँको पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्र क्षेत्रका विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा ‘सिनेमा संवाद’ आयोजना गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा
२०८३ बैसाख २५, शुक्रबार
रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत असार ३ गते बुधबार
२०८३ बैसाख २५, शुक्रबार
काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ
२०८३ बैसाख २५, शुक्रबार
आजदेखि कास्कीको ल्वाङगाउँमा ‘सिनेमा संवाद’ शुरु
२०८३ बैसाख २५, शुक्रबार
आजको मौसम : देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
२०८३ बैसाख २५, शुक्रबार
सीमा विवाद समाधानका लागि हुन सकेन संवाद
२०८३ बैसाख २५, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २५, शुक्रबार