जेठ ५, २०८३ मंगलबार May 19, 2026

राष्ट्रियसभाको बैठक सुरु

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिनुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ जेठ : राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ ।

त्यस्तै, बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुनेछ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यसूची छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया