मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सरिफको बेइजिङ भ्रमण तय

पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनिर बिहीबार तेहरान भ्रमणमा जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, ७ जेठ (रासस\एएफपी): पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने हुनुभएको छ । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन् । अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिनुभएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री सरिफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा गहिरो विचार–विमर्श हुने बताउनुभयो । उहाँका अनुसार दुवै पक्षले क्षेत्रीय स्थिरता र शान्तिसम्बन्धी मुद्दामा विशेष ध्यान दिनेछन् ।

प्रवक्ता गुओले चीनले मध्यपूर्वमा शान्ति र स्थायित्व पुनःस्थापना गर्न सकारात्मक योगदान दिन पाकिस्तानसँग सहकार्य जारी राख्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार चीनले युद्ध अन्त्य र शान्ति प्रवद्र्धनका लागि निष्पक्ष तथा सन्तुलित मध्यस्थताको भूमिकामा पाकिस्तानलाई समर्थन गरिरहेको छ ।

पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबीचको तनावमा पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको छ । गत महिना इस्लामाबादमा वार्ता आयोजना गर्दै पाकिस्तानले आफूलाई कूटनीतिक समन्वयको केन्द्रका रूपमा प्रस्तुत गरेको थियो ।

यसैबीच पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनिर बिहीबार तेहरान भ्रमणमा जाने कार्यक्रम रहेको इरानी मिडियाले जनाएको छ । यो भ्रमणलाई पनि क्षेत्रीय सुरक्षा संवादको भागका रूपमा हेरिएको छ ।

चीनले भने मध्यपूर्व सङ्कटमा हालसम्म तुलनात्मक रूपमा कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ । फोन संवाद र सम्बन्धित खाडी देशका अधिकारीहरूसँगको बैठकमार्फत बेइजिङले संवादलाई निरन्तरता दिइरहेको छ ।

गत हप्ता बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा चीनले हर्मुज जलघाँटी खुला राख्न सहयोग गर्ने प्रस्ताव गरेको दाबी गर्नुभएको थियो । यो जलमार्ग युद्ध सुरु भएयता ऊर्जा आपूर्तिका लागि संवेदनशील विन्दु बनेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले यस महिनामा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वमा कूटनीतिक प्रयास अझ बढाउन आग्रह गर्नुभएको थियो । उहाँका अनुसार क्षेत्रीय सङ्कट समाधानका लागि थप सक्रिय मध्यस्थता आवश्यक छ ।

पछिल्ला दुई सातामा बेइजिङले अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत भ्रमण तथा संवादलाई स्वागत गरेको छ । यसलाई चीनको बढ्दो कूटनीतिक सक्रियताको सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार
डा. मुकुल ढकाल र निशा डाँगीको लगनगाँठो कसिने पक्का
२०८३ मंग्सिर २, बुधबार
विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित
२०८३ मंग्सिर २, बुधबार
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार