जेठ ८, २०८३ शुक्रबार May 22, 2026

मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, जेठ ८ गते । इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ । “अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेशमन्त्रालयका प्रवक्ता बाघाईले भन्नुभयो । “तेहरानका मुख्य मार्गमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोध हटाउने र इरानी जहाजलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्,” उहाँले थप्नुभयो ।

उहाँले भन्नुभयो, “तेहरानले सबै गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेको छ । तर अमेरिका पनि इमानदार हुनुपर्छ ।” उहाँले विगत डेढ वर्षमा वाशिङ्गटनको इरानलाई हेर्ने नीति निकै अविवेकी छ, त्यसैले त्यहाँ गहिरो अविश्वास र वार्ताको वातावरण छ । उहाँले भन्नुभयो, “हाम्रो आँखा खुला छ र हाम्रो सेना पूर्णरूपमा सतर्क छ ।” उहाँले इरानले सचेतताका साथ वार्ता जारी राख्ने पनि बताउनुभयो ।

यसैबिच, इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गर्नुभएको छ । नाक्वी यसै साता दोस्रो पटक तेहरान पुग्नुभएको छ । उहाँले इरानका राष्ट्रपति, आन्तरिक मामिलामन्त्रीसँग पनि वार्ता गर्नुभएको छ । आइएसएनएको रिपोर्टअनुसार राष्ट्रपति मसुद पेजेस्कियनले बैठकमा नक्वीसँग क्षेत्रीय अवस्था, अप्रत्यक्ष इरान–अमेरिका वार्ता र युद्ध अन्त्यका लागि भएको कूटनीतिक प्रयास बारेमा छलफल गर्नुभएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया