जेठ ८, २०८३ शुक्रबार May 22, 2026

राष्ट्रसङ्घद्वारा इरान र पाकिस्तानबाट फर्केका अफगान नागरिकका लागि “आरपिएआर” योजना सुरु

सन् २०२६ को अप्रिलदेखि डिसेम्बरसम्ममा २७ लाख अफगानी फर्कने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल (अफगानीस्तान), जेठ ८ गते । संयुक्त राष्ट्र सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एनजिओ साझेदारसँग मिलेर इरान र पाकिस्तानबाट अफगान फर्केका अफगानका लागि व्यवस्थापन गर्ने योजना (आरपिएआर) सुरु गरेको जनाएको छ ।

जसको सञ्चालनको लागि कूल ५२ करोड ९० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाइएको छ ।  यसैबिच सन् २०२६ को अप्रिलदेखि डिसेम्बरसम्ममा २७ लाख अफगानी फर्कने अनुमान गरि उनीहरूसम्म पुग्ने योजना बनाइएको छ । सन् २०२३ सेप्टेम्बरदेखि, लग-भग ५९ लाख अफगान स्वदेश फर्केको जनाइएको छ भने दुई वर्षमा अफगानिस्तानको जनसङ्ख्या १० देखि १२ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

योजनाले आगामी आठ महिनाको अवधिमा इरानबाट थप १७ लाख र पाकिस्तानबाट ११ लाख मानिस फर्किने अनुमान गरेको छ । संयुक्त राष्ट्र सङ्घ र गैरसरकारी संस्थाका साझेदारले मानवीय  सुरक्षा बिग्रन रोक्न र सङ्कट बढ्न नदिइ लाखौं अफगानलाई व्यवस्थापन गरी दिगो पुनः एकीकरणको माध्यामबाट बलियो आधार निर्माण गर्न “आरपिएआर २०२” लाई पूर्णरूपमा कोष विनियोजन गर्न दातालाई आग्रह गरेको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया