काठमाडौं, ०८ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका कार्यालयमा सरुवा भई हाजिर भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूलाई औपचारिक रूपमा स्वागत गरिएको छ भने सरुवा भई अन्य कार्यालयमा जान लागेका डिएसपीहरूको बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा काठमाडौं परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले सरुवा भई आएका डिएसपीहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै सरुवा भई अन्यत्र जान लागेका डिएसपीहरूलाई बिदाइ गर्दै आगामी कार्यस्थलमा अझ प्रभावकारी रूपमा सेवा गर्न प्रेरित गर्नुभयो।
कार्यक्रममा सरुवा भई आएका तथा सरुवा भई जाने दुवै समूहका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। उपस्थित अधिकारीहरूले आपसी अनुभव आदान–प्रदान गर्दै कार्यस्थलमा समन्वय, अनुशासन र सेवा प्रवाहलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई “फेरी भेटौंला” भावनात्मक बिदाइ तथा स्वागत समारोहका रूपमा सम्पन्न गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया