जेठ ८, २०८३ शुक्रबार May 22, 2026

‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरुबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो । भेटमा महानिर्देशक डा टेड्रोसेले विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनुभएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा जानुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान
२०८३ जेठ ८, शुक्रबार
विश्वकप २०२६ : समूह ‘ए’ बाट नकआउट पुग्ने टोलीको अनुमान गर्न कठिन
२०८३ जेठ ८, शुक्रबार
‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’
२०८३ जेठ ८, शुक्रबार
लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा
२०८३ जेठ ८, शुक्रबार
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
२०८३ जेठ ८, शुक्रबार
नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने
२०८३ जेठ ८, शुक्रबार
सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम
२०८३ जेठ ८, शुक्रबार