जेठ ८, २०८३ शुक्रबार May 22, 2026

गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता

स्वयंसेवक टर्कीको इस्तानबुलका लागि इजरायली क्षेत्रबाट प्रस्थान गरेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जकार्ता (इन्डोनेसिया), जेठ ८ गते । इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई वटा जहाजलाई विश्वव्यापी समुन्द्रि नाका फ्लोटिलामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिक हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले बताउनुभएको छ ।

स्वयंसेवक टर्कीको इस्तानबुलका लागि इजरायली क्षेत्रबाट प्रस्थान गरेको उल्लेख गर्दै चाँडै नै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको इन्डोनेशियाको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत पुष्टि गरेको सुनियोनोले जनाउनु भएको छ । सुगियोनोका अनुसार इन्डोनेसियालीको रिहाइ र स्वदेश फिर्ता प्रक्रिया इन्डोनेसियाली सरकारले गरेको गहन तथा कूटनीतिक प्रयास र घनिष्ठ समन्वयको माध्यमबाट सुरक्षित रुपमा सम्भव भएको थियो ।

उहाँले पुनरागमन प्रक्रियालाई सहज बनाउन सक्रिय भूमिका र समर्थनका लागि टर्की सरकारको प्रशंसासमेत गर्नु भएको छ । यसैबिच स्वयंसेवकले उनीहरूको नजरबन्दको समयमा अनुभव गरेको अमानवीय व्यवहारको वर्णन गरेपछि सुगियोनोले इन्डोनेसियाको निन्दा गर्नुभएको छ  ।

उहाँले यस्तो व्यवहारले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको बताउँदै उहाँले इन्डोनेसियाली सरकारले सबै इन्डोनेसियाली नागरिकको सुरक्षित फिर्तीको निगरानी र सुनिश्चित गर्न आवाश्यक प्रक्रिया जारी राख्नुपर्ने कुरामा जोड दिनुभएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
२०८३ जेठ ८, शुक्रबार
प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण
२०८३ जेठ ८, शुक्रबार
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालले अमेरिकालाई १२२ रनले हरायो
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट
२०८३ जेठ ८, शुक्रबार
रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
२०८३ जेठ ८, शुक्रबार
सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको प्रचण्डको दाबी
२०८३ जेठ ८, शुक्रबार