जेठ २७, २०८३ बुधबार June 10, 2026

हर्मुजबारे अमेरिका-इरान सम्झौता अझै अनिश्चित

तेहरानलाई मध्यपूर्व युद्धको कमजोर युद्धविरामको समयमा वार्तालाई पटक-पटक रोक्ने र शुरु गर्ने र यसमा बढी सौदाबाजी नगर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्राग, जेठ ८ गते । अमेरिका र इरानबिच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स (युएई)का एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । हर्मुज घाँटी खुला गर्ने सम्झौतामा पुग्न ‘५०-५०’ मात्र सम्भावना रहेको युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले बताउनुभएको हो ।

उहाँले तेहरानलाई मध्यपूर्व युद्धको कमजोर युद्धविरामको समयमा वार्तालाई पटक-पटक रोक्ने र शुरु गर्ने र यसमा बढी सौदाबाजी नगर्न आग्रह गर्नुभयो । “इरानी अधिकारीहरूले वर्षौदेखि धेरै अवसर गुमाएका छन् किनकि उनीहरूले अवसरलाई बढी आँकलन गर्ने प्रवृत्ति छ,” गार्गाशले प्रागमा ग्लोब्सेक फोरमलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो । “मलाई आशा छ, उनीहरूले यस पटक त्यसो गर्ने छैनन्,” उहाँले अगाडि भन्नुभयो ।

अमेरिकी सैन्य सुविधा रहेको तेलको धनी युएईलाई फेब्रुअरी २८ देखि सुरु भएको ४० दिनको युद्धको क्रममा करिब तीन हजार ३०० ड्रोन र मिसाइलले निशाना बनाएको गर्गासले बताउनुभयो । उहाँले भन्नुभयो, “इरानले नाकाबन्दी गरेको हर्मुजले सामान्यतया विश्वव्यापी इन्धन आपूर्तिको पाँच भागको एक भाग ओगट्छ । यो मार्ग सामान्य अवस्थामा फर्कनुपर्छ ।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया