जेठ ९, २०८३ शनिबार May 23, 2026

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फुङ्लिङ (ताप्लेजुङ), ९ जेठः ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो ।

कोभिड-१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

“नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । ओलाङचुङ्चुगोलाबाट २४ किलोमिटर दूरी पार गरी नेपाल-चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ”, वडाध्यक्ष लामाले भन्नुभयो ।

करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिनुभयो ।

भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जिल्लाका जेनजी अभियन्ताले भन्सार विभागमा पटकपटक ताकेता गरेका थिए । ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी : मेयर
२०८३ जेठ ९, शनिबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
२०८३ जेठ ९, शनिबार
नेपालमा मृत्यु हुनुकाे प्रमुख कारण नसर्ने रोग
२०८३ जेठ ९, शनिबार
मदन भण्डारीका विचार समयअनुकूल विस्तार गर्न युवालाई विद्यादेवी भण्डारीको आह्वान
२०८३ जेठ ९, शनिबार
लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग
२०८३ जेठ ९, शनिबार
मिर्चेयामा निःशुल्क महिला स्वास्थ्य स्क्रिनिङ, सयौं लाभान्वित
२०८३ जेठ ९, शनिबार
ट्रम्पको नयाँ अध्यागमन नीतिले विदेशी नागरिकमा त्रास
२०८३ जेठ ९, शनिबार