मंग्सिर २, २०८३ बुधबार November 18, 2026

युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी : मेयर

सन् २०२२ मा रूसले युत्रेनमा आक्रमण गरेदेखि युक्रेनले प्रतिक्रया स्वरुप रूसी भू-भागभित्र नियमितरूपमा आक्रमण गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, जेठ ९ गते । युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणी रूसी बन्दरगाहस्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार बताउनुभएको छ । युएभी (मानव रहित हवाई ड्रोन)को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उहाँले जनाउनु भएको छ ।

उहाँका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनमा आगलागी भएको थियो भने ड्रोनका टुक्रा इन्धन टर्मिनल वरपर पनि खसेका थिए । मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राममार्फत जनाउनु भएको छ । नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले युक्रेनबाट रातारात प्रहार भएका ३४८ वटा ड्रोन रोकेको बताएको छ । सन् २०२२ मा रूसले युत्रेनमा आक्रमण गरेदेखि युक्रेनले प्रतिक्रया स्वरुप रूसी भू-भागभित्र नियमितरूपमा आक्रमण गर्दै आएको छ । किएभले रूसको तेल राजस्व घटाउनका लागि ऊर्जा सुविधालाई लक्षित गरी बारम्बार लामो दूरीका आक्रमण गरिरहेको बताएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार
डा. मुकुल ढकाल र निशा डाँगीको लगनगाँठो कसिने पक्का
२०८३ मंग्सिर २, बुधबार
विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित
२०८३ मंग्सिर २, बुधबार
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार