जेठ ९, २०८३ शनिबार May 23, 2026

चिनको कोइलाखानीमा विस्फोट : आठको मृत्यु, दर्जनौँ बेपत्ता

वेपत्ता रहेकाहरुका केहीको अवस्था “गम्भीर“

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, जेठ ९ गते । उत्तरी चिनको एउटा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएको जनाइएको छ  । सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो ।

विस्पोटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ ।

स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिह्न्वाले  आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३८ जना अझै वेपत्ता रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ ।

राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित “सबै प्रयास“ गर्न आग्रह गदै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ ।

उहाँले सबै क्षेत्र र विभागहरूले यो दुर्घटना बाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिनुभएको छ ।

यस अघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्थरमा पुगेको  रिपोर्ट गरेको थियो । वेपत्ता रहेकाहरुका केहीको अवस्था “गम्भीर“ रहेको अघिल्लो रिपोर्टले जनाएको छ ।

पछिल्लो समयमा चिनमा खानीको सुरक्षामा सुधार आएको भएता पनि मनग्य सुरक्षा प्रावधानहरु अवलम्वन गर्न नसकिएकाले अझै पनि बारम्बार दुर्घटनाहरू हने गरेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी : मेयर
२०८३ जेठ ९, शनिबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
२०८३ जेठ ९, शनिबार
नेपालमा मृत्यु हुनुकाे प्रमुख कारण नसर्ने रोग
२०८३ जेठ ९, शनिबार
मदन भण्डारीका विचार समयअनुकूल विस्तार गर्न युवालाई विद्यादेवी भण्डारीको आह्वान
२०८३ जेठ ९, शनिबार
लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग
२०८३ जेठ ९, शनिबार
मिर्चेयामा निःशुल्क महिला स्वास्थ्य स्क्रिनिङ, सयौं लाभान्वित
२०८३ जेठ ९, शनिबार
ट्रम्पको नयाँ अध्यागमन नीतिले विदेशी नागरिकमा त्रास
२०८३ जेठ ९, शनिबार