जेठ १०, २०८३ आइतबार May 24, 2026

मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान सम्झौता घोषणाको तयारी – मार्को रुबियो

स्ट्रेट अफ हर्मुज इरान–अमेरिका–इजरायल तनावपछि केही हदसम्म अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताउनुभएको छ ।

नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । आफ्नो पहिलो भारत भ्रमणमा रहनुभएका रुबियोले उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुजसम्बन्धी चिन्तालाई सम्बोधन गर्ने बताउनुभयो । स्ट्रेट अफ हर्मुज इरान–अमेरिका–इजरायल तनावपछि केही हदसम्म अवरुद्ध भएको अवस्थामा छ ।

उहाँका अनुसार प्रस्तावित सम्झौताले यस्तो प्रक्रिया सुरु गर्न सक्छ जसले अन्ततः इरानको आणविक हतियारसम्बन्धी डर हटाउने अवस्थातर्फ लैजान सक्नेछ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी खोल्ने विषयमा भइरहेको छलफललाई ‘धेरै हदसम्म अघि बढेको’ बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका, इरान र अन्य देशहरूबीच अन्तिम सम्झौता तयार पार्ने प्रक्रिया नजिक पुगेको दाबी गर्नुभएको हो ।
उदीयमान सम्झौताले अमेरिकाभित्रै पनि राजनीतिक बहस सिर्जना गरेको छ । सिनेटर टेड क्रुज र पूर्वविदेशमन्त्री माइक पोम्पेओजस्ता ट्रम्पका निकट सहयोगीहरूले सम्भावित सहमतिबारे आलोचना गर्दै इरानलाई आर्थिक र रणनीतिक लाभ पुग्ने सम्भावनाप्रति आपत्ति जनाउनुभएको छ । उहाँहरू दुवै इजरायलका कट्टर समर्थक मानिनुहुन्छ ।

क्रुजले यस्तो सम्भावित परिणामलाई ‘विनाशकारी गल्ती’ हुन सक्ने चेतावनी दिनुभयो । आलोचनाबारे प्रतिक्रिया दिँदै रुबियोले इरानविरुद्ध सुरु गरिएको ‘एपिक फ्युरी’ नामक अभियानको उद्देश्य स्पष्ट रहेको बताउनुभयो । उहाँका अनुसार यस अभियानअन्तर्गत इरानको नौसेना क्षमतामा ठूलो क्षति पुर्‍याइएको छ ।

उहाँले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाउने र देशको रक्षा–औद्योगिक संरचनामा क्षति पुर्‍याउने लक्ष्य राखेको पनि उल्लेख गर्नुभयो । रुबियोका शब्दमा, ‘एपिक फ्युरी’ अभियानका सबै प्रमुख उद्देश्यहरू पूरा भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान सम्झौता घोषणाको तयारी – मार्को रुबियो
२०८३ जेठ १०, आइतबार
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु
२०८३ जेठ १०, आइतबार
प्रतिनिधिसभामा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय
२०८३ जेठ १०, आइतबार
काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
२०८३ जेठ १०, आइतबार
हुम्ला-बाजुरा सीमा तनावपछि गृह मन्त्रालयद्वारा छानबिन टोली गठन
२०८३ जेठ १०, आइतबार
नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
२०८३ जेठ १०, आइतबार
काँग्रेसले बोलायो नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
२०८३ जेठ १०, आइतबार