मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

अमेरिकाले इरानका बन्दरगाहहरूमाथि लागू गरेको नाकाबन्दी सम्झौता औपचारिक रूपमा स्वीकृत, प्रमाणित र हस्ताक्षर नभएसम्म यथावत् रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, जेठ ११ गते । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, उक्त सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न केही समय लिन सक्ने बताइएको हो ।

रिपोर्टमा उद्धृत एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबिच सकारात्मक प्रगति भइरहेको छ र केही दिनभित्र सम्झौता सम्पन्न हुन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, सम्झौता अझै अन्तिम चरणमा रहेकाले सबै प्रक्रिया पूरा भएपछि मात्र औपचारिक घोषणा गरिने जनाइएको छ ।

यस सम्भावित सम्झौताले क्षेत्रीय शान्ति तथा आणविक कार्यक्रमसम्बन्धी चासोलाई सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, यस विषयमा विस्तृत सहमति सार्वजनिक भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना प्रतिनिधिहरूलाई वार्तामा धैर्यता र सावधानी अपनाउन सुझाव दिएको बताउनुभयो । उहाँले दुवै पक्षले पर्याप्त समय लिएर सोचविचारपूर्वक उचित निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

साथै, अमेरिकाले इरानका बन्दरगाहहरूमाथि लागू गरेको नाकाबन्दी सम्झौता औपचारिक रूपमा स्वीकृत, प्रमाणित र हस्ताक्षर नभएसम्म यथावत् रहने जानकारी पनि दिइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार
डा. मुकुल ढकाल र निशा डाँगीको लगनगाँठो कसिने पक्का
२०८३ मंग्सिर २, बुधबार
विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित
२०८३ मंग्सिर २, बुधबार
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार