काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि मंगलबार सम्पन्न भएको निर्वाचनमा लोकतान्त्रिक समूहले पुरै प्यानलमा बिजयी भएको छ । संघको मंगलबार सम्पन्न २७ औं साधारणसभा पश्चात भएको निर्वाचनमा लोकतान्त्रिक समुहका बिष्णुप्रसाद गैरेको प्यानल विजयी भएको हो ।
संघको अध्यक्षमा गैरेले ३३० मत ल्याएर विजय भएका थिए भने उनका प्रतिद्धन्दी प्रगतिशील समूहका सरोजकुमार पोखरेलले २८२ मत ल्याएका थिए । यसैगरी संघको प्रथम द्धितीय र तृतीय उपाध्यक्षमा क्रमशः कमल तामाङ, कमल देब मल्ल र किशोरकुमार के.सी, विजयी भएका छन् । यसैगरी महासचिवमा सुजित श्रेष्ठ, सचिवमा निलकमल मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएकी छिन् ।
यसैगरी संघको सदस्यपदहरूमा क्रमशः कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, लक्ष्मण पौडेल विजयी भएका छन् ।
२७ औं साधारणसभा अघिसम्म प्रगतिशिल समुहले बिजयीभइरहेको पुरानो बिरासत भत्काउदै लोकतान्त्रिक समूहले रोजगार व्यवसायी संघको इतिहासमै पहिलो पटक पुरै प्यानल जित हासिल गरेको हो । संघको नेतृत्वका लागि मंगलबार सम्पन्न चुनावमा ६५८ मतदाता रहेकोमा ६२१ जना मतदाताहरूले मात्र मतदानमा सहभागी भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया