जेठ १५, २०८३ शुक्रबार May 29, 2026

फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास

फिलिपिन्समा चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा तथा अधिकारको रक्षा जारी राख्ने प्रतिवद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनिला (फिलिपिन्स), १५ जेठ (रासस / सिन्ह्वा) : फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिइएको फिलिपिन्स स्थित चिनियाँ दूतावासले जनाएको छ । अन्य छ जनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहा गर्ने उल्लेख गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ ।

दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तको “स्टिल प्लान्ट” मा काम गरिरहेका चिनियाँ नागरिकलाई मे –१५ मा फिलिपिन्सका कानून अधिकारीहरूले हिरासतमा लिएका थिए ।

फिलिपिन्सको न्यायलयले चिनियाँ नागरिकहरूले फिलिपिन्सको आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिता उल्लङ्घन गरेको प्रमाणीत हुने अपर्याप्त प्रमाण नभएको उल्लेख गर्दै उनीहरूलाई रिहा गर्न आदेश दिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

चिनियाँ दूतावासले यो विषयलाई विशेष महत्वका साथ लिएको बताएको छ । यसले फिलिपिन्सका सम्बन्धित अधिकारीहरूसँग निष्पक्ष, द्रुत र कानुनी समाधान तथा चिनियाँ नागरिकको अधिकारको पूर्ण संरक्षणको माग गरेको जनाइएको छ ।

दूतावासले फिलिपिन्समा चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा तथा अधिकारको रक्षा जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई कानून र नियमहरूको कडाईका साथ पालना गर्न सुझाव दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात प्रतिशतको आर्थिक वृद्धि, मुद्रास्फीति छ प्रतिशतमा सीमित गर्ने लक्ष्य
२०८३ जेठ १५, शुक्रबार
सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको तलब कति ?
२०८३ जेठ १५, शुक्रबार
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा
२०८३ जेठ १५, शुक्रबार
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ जेठ १५, शुक्रबार
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
२०८३ जेठ १५, शुक्रबार
गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह
२०८३ जेठ १५, शुक्रबार
फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास
२०८३ जेठ १५, शुक्रबार