जेठ १६, २०८३ शनिबार May 30, 2026

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल

दुवै देशबीचका सम्बन्ध तथा क्षेत्रीय सुरक्षाका विषयहरूमा निरन्तर संवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, १६ जेठ (रासस/एपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि बढाइरहेका बेला ल्याटिन अमेरिकी क्षेत्रका वरिष्ठ अमेरिकी सैन्य कमाण्डरले क्युबाली सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ ।

अमेरिकी दक्षिणी सैन्य कमाण्डका प्रमुख जनरल फ्रान्सिस डोनोभनले शुक्रबार ग्वान्तानामो खाडीस्थित अमेरिकी नौसैनिक अड्डा नजिक क्युबाली सैन्य अधिकारीहरूसँग सुरक्षा सम्बन्धी विषयमा संक्षिप्त छलफल गर्नुभएको हो ।

क्युबाको क्रान्तिकारी सशस्त्र बलद्वारा जारी वक्तव्यअनुसार, भेटवार्तामा सैन्य क्षेत्रको सीमावर्ती सुरक्षासम्बन्धी विषयमा विचारविमर्श गरिएको थियो । दुवै पक्षले छलफललाई सकारात्मक रूपमा लिँदै भविष्यमा पनि आपसी सम्पर्क कायम राख्ने सहमति जनाएका छन् ।

यस अवधिमा अमेरिकी प्रशासनले क्युबामाथि विभिन्न कूटनीतिक तथा आर्थिक कदमहरू अघि बढाएको छ । साथै, दुवै देशबीचका सम्बन्ध तथा क्षेत्रीय सुरक्षाका विषयहरूमा निरन्तर संवाद भइरहेको छ ।

भेटवार्ताका क्रममा जनरल डोनोभनले ग्वान्तानामोस्थित अमेरिकी नौसैनिक अड्डाको सुरक्षा अवस्था, त्यहाँ कार्यरत सैनिक तथा उनीहरूका परिवारको सुरक्षा र सैन्य तयारीसम्बन्धी विषयमा पनि जानकारी लिनुभएको अमेरिकी दक्षिणी सैन्य कमाण्डले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य
२०८३ जेठ १६, शनिबार
आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुनेछ : मुख्यमन्त्री बानियाँ
२०८३ जेठ १६, शनिबार
एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने
२०८३ जेठ १६, शनिबार
मुक्तिनाथमा दर्शनार्थी खचाखच
२०८३ जेठ १६, शनिबार
‘नेपाल-भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’
२०८३ जेठ १६, शनिबार
इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन
२०८३ जेठ १६, शनिबार
अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल
२०८३ जेठ १६, शनिबार