जेठ १६, २०८३ शनिबार May 30, 2026

इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन

इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहिन भएको छ ।

वासिङ्टनको ‘अन्तिम धारणा’ बनाउन शुक्रवार आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गर्नुभएको थियो ।

उहाँले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने, हर्मुजको साँघुरो जलमार्गमा ‘दुईतर्फी रूपमै बिना अवरोध पारवहन’ पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै खानीहरू ‘नष्ट’ गर्न तेहरान सहमत हुनुपर्ने बताउनुभएको छ।

ह्वाइहाउसको ‘सिचुएसन रुम’मा उक्त बैठक भएको थियो। त्यस कक्षलाई मुख्य सङ्कटहरूसँग जुझ्न गरिने आन्तरिक छलफलका लागि प्रयोग गरिन्छ।

इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभइरहेको बताएको थियो। उसले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ ।

यसअघि बिहीवार अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एकखाले ढाँचामा सहमति जनाएको बताएका थिए। तर त्यसमा ट्रम्प र इरानको नेतृत्वको स्वीकृति आउने काम बाँकी रहेको उनीहरूको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य
२०८३ जेठ १६, शनिबार
आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुनेछ : मुख्यमन्त्री बानियाँ
२०८३ जेठ १६, शनिबार
एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने
२०८३ जेठ १६, शनिबार
मुक्तिनाथमा दर्शनार्थी खचाखच
२०८३ जेठ १६, शनिबार
‘नेपाल-भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’
२०८३ जेठ १६, शनिबार
इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन
२०८३ जेठ १६, शनिबार
अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल
२०८३ जेठ १६, शनिबार