जेठ १७, २०८३ आइतबार May 31, 2026

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

इरानको आणविक कार्यक्रमबारे वार्ता गर्न युद्धविराम थप ६० दिन लम्ब्याउने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, १७ जेठ (रासस/एपी) : अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले २० भन्दा बढी चेतावनी दिएको थियो । चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ ।

हाल उक्त जहाज ओमानको खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ । अमेरिकी सेनाले अझै जहाजमा चढेर नियन्त्रणमा लिएको छैन ।

अमेरिकी सेनाका अनुसार नाकाबन्दी सुरु भएयता इरानतर्फ जान खोजेका ६ वटा जहाजलाई रोकिएको छ । तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ्न अनुमति दिइएको थियो भने ११६ वटा जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको छ ।

अमेरिकाले अप्रिल १७, २०२६ मा इरानमाथि समुद्री नाकाबन्दी लागू गरेको थियो । यो कदम इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा आवागमन प्रभावकारी रूपमा बन्द गरेपछि चालिएको थियो । मध्यपूर्वमा युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको थियो ।

हाल अप्रिल ७ मा भएको युद्धविराम कायम रहेको छ । तर इरानको आणविक कार्यक्रमबारे वार्ता गर्न युद्धविराम थप ६० दिन लम्ब्याउने विषयमा छलफल भइरहेको छ ।

होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । त्यहाँको तनावका कारण तेल, प्राकृतिक ग्यास र मलजस्ता वस्तुको आपूर्तिमा असर परेको छ, जसले विश्व अर्थतन्त्र र उपभोक्ताहरूलाई दबाबमा पारेको छ ।

अमेरिकाले लगाएको नाकाबन्दीको उद्देश्य इरानको व्यापार र तेल निर्यातलाई सीमित गर्दै उसको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्नु रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो
२०८३ जेठ १७, आइतबार
उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य
२०८३ जेठ १७, आइतबार
सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह
२०८३ जेठ १७, आइतबार
इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार
२०८३ जेठ १७, आइतबार
“सरकारको नियत हेर्दा आयोगका सिफारिस कार्यान्वयन हुने आशा छैन” : अनुपराज शर्मा (अन्तवार्ता)
२०८३ जेठ १७, आइतबार
म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
२०८३ जेठ १७, आइतबार
अनिल झा नेतृत्वको सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित
२०८३ जेठ १७, आइतबार