जेठ १९, २०८३ मंगलबार June 2, 2026

विपक्षीको अवरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित

मुख्यमन्त्रीले माफी नमागे सम्म बैठक चल्न नदिने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, जेठ १९ गते । मधेश प्रदेशसभाको मंगलबार बस्ने भनिएको बैठक अर्को सूचना नआउनजेल सम्मका लागि स्थगित भएको छ ।

आजको वैठक सुरु भएपछि विपक्षी दलका प्रदेशसभा सदस्यहरुले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले प्रदेश लोकसेवा आयोग र जनलोकपाल आयोगको सदस्यमा गरेको नियुक्ति प्रक्रिया अलोकतान्त्रिक र विधि सम्वत नरहेको भन्दै  बैठकमा अवरोधका सृजना गरे पछि सभामुख राम अशिष यादवले १० मिनेटका लागि  बैठक  स्थगित गर्नु भएको थियो । वैठक संचालनका लागि दलहरुको विचमा लामो छलफल हुँदा पनि सहमति जुटन नसके पछि अर्को सूचना नआउन जेल सम्मका लागि वैठक स्थगित भएको

प्रदेशसभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

आजको बैठक सुरु हुन बित्तिकै विपक्षी दलका प्रदेश सभा सदस्यहरुले आ–आफ्नो ठाउँमा उठेर विरोध गरे पछि सभामुख रामआशिष यादवले नीति तथा कार्यक्रम माथिको छलफल भएकाले पटक पटक बस्नका लागि आग्रह गर्दा पनि उनीहरु आफनै स्थानमा उभेका थिए ।प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरुले आफनो सिटमा नबसे पछि सभामुखले एक जनालाई विषय वस्तु राख्नका लागि समय दिनु भएको थियो ।

विपक्षी दलका तर्फबाट बोल्दै जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य संजय कुमार यादवले मुख्यमन्त्रीले अवैध तरिकाले संवैधानिक नियुक्ति गरेकाले उक्त निर्णय खारेज गरी मुख्यमन्त्रीले माफी नमागे सम्म बैठक चल्न नदिने चेतावनी दिनु भएको थियो । आजको बैठकमा सोमबार देखि जारी रहेको  मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम माथि छलफल हुने प्रदेशसभाको कार्यसूची  रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२बीको सफल प्रक्षेपण
२०८३ जेठ १९, मंगलबार
श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ
२०८३ जेठ १९, मंगलबार
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित
२०८३ जेठ १९, मंगलबार
विपक्षीको अवरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित
२०८३ जेठ १९, मंगलबार
प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर
२०८३ जेठ १९, मंगलबार
भारत-अमेरिका व्यापार सम्झौता नजिक
२०८३ जेठ १९, मंगलबार
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
२०८३ जेठ १९, मंगलबार