श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

विदेशबाट फर्किपछि विजयकुमार बने उत्कृष्ट कृषक

ब युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने योजना व्यवसाय सञ्चालन गर्ने योजनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर, २१ जेठः सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्किनुभयो । मलेसियामा तीन वर्ष मजदुरी गर्नुभएका चौधरीको मासिक रु ३५ हजार कमाइ गर्नुभयो । विदेशको चर्को गर्मीमा श्रम बेचेर स्वदेश फर्किनुभएका विजय अहिले माछापालनमा हुनुहुन्छ ।

गत जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनौंट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएपछि चौधरीको कृषिप्रतिको लगाव अझ बढेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयलले सात प्रदेशबाट उत्कृष्ट दुई÷दुई कृषक गरी १४ कृषकलाई सम्मानित गरेको थियो । रु दुई लाख राशिको पुरस्कार पाएपछि हर्षित भएका चौधरीले सम्मानले कृषि पेसाप्रति जाँगर बढेको बताउनुभयो ।

“राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ,” चौधरीले भन्नुभयो, “अब युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने योजना व्यवसाय सञ्चालन गर्ने योजनामा छु ।”

सात वर्षदेखि सिकलपट्टी जाइमा तीन बिघामा माछा पोखरी बनाएर मत्स्य उत्पादनमा लाग्नुभएका चौधरीले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर माछा उत्पादन बढाउने गरी अघि बढिसकेको बताउनुभयो ।

“वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु,” चौधरीले भन्नुभयो, “वर्षमा नौ लाखभन्दा बढी बचत हुन्छ ।” स्वदेशी माछा उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण मिलाई दिनुपर्ने चौधरीको भनाइ छ ।

“यहाँ उत्पादन भएको माछा झलारी, बेलौरी, वाणी र स्थानीय बजारमा खपत भइरहेको हुन्छ,” उहाँले भन्नुभयो, “भारतलगायत अन्य मुलुकबाट आयात हुने माछालाई रोक लगाएर स्वदेशी उत्पादनलाई बजारको सुनिश्चतता गरिनुपर्छ ।”

चौधरीले हरेक बर्ष असोजदेखि माघ महिनासम्म माछा बिक्री वितरण हुने गरेको बताउनुभयो । उहाँको कामले अन्यले पनि रोजगारी पाउनु सुखद कुरा हो । “माटोमा पसिना बगाए युवा विदेश जानु पर्दैन । यही राम्रै मुनाफा कमाउन गर्न सकिन्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार