जेठ ७, २०८२ बुधबार May 21, 2025

नेमकिपाले तोक्यो प्रदेश संयोजक (जिम्मेवारी सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय समितिको मंगलबार सातौ महाधिवेशनपछि बसेको पहिलो केन्द्रिय समितिको बैठकले सातवटै प्रदेशहरूमा संयोजक तोकेको छ ।

नवनिर्वाचित पार्टी अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को निवास कमलविनायक भक्तपुरमा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले केन्द्रिय सदस्यमा मनोनित गरेको र प्रदेश संयोजक तोकिएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष रोहितले जनाए अनुसार प्रदेश संयोजकमा क्रमश उमेश कवां, सुरेन्द्रराज गोसाँई, प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, हरिसुन्दर बासी, सरोजराज गोसाँई र नन्दबहादुर शाहीलाई प्रदेश संयोजकको जिम्मेबारी तोकिएका छन् ।

साथै अध्यक्ष (रोहित)को निवासमा बसेको पहिलो वैठकले पार्टी अध्यक्ष विजुक्छेंको अध्यक्षतामा पाँच सदस्यीय केन्द्रिय सचिवालय पनि गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । अध्यक्ष विजुक्छेंको अध्यक्षतामा गठित सचिवालय सदस्यहरूमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, सुनिल प्रजापति र नन्दबहादुर शाही रहेका छन् ।

यसैगरी  अध्यक्ष विजुक्छेंले पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाइ जिम्मेवारी तोकिएको बताएका थिए । यसैगरी पहिलो केन्द्रिय समितिको बैठकले केन्द्रीय सदस्यमा रवीन्द्र ज्याख्व र वैकल्पिक केन्द्रीय सदस्यमा राजेन्द्र चवाल र नारायणबहादुर दुवाललाइ मनोनित गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार