असोज ७, २०८३ बुधबार September 23, 2026

ट्याङ्करभित्र लुकिरहेका ३० आप्रवासी नियन्त्रणमा

इरानको सीमाबाट करिब ३०० किलोमिटर टाढा रहेको यस प्रान्तमा अवैध आप्रवासीहरू नियमित रूपमा ट्रकभित्र लुकेर बाहिरिने गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्तानबुल, जेठ २२ गते । दक्षिणपूर्वी टर्कीएको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ।

बुधबार एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको सडकमा ट्याङ्करको माथि रहेको खुला ठाउँबाट धेरै मानिसलाई बाहिर निकालेको देखाइएको छ।

“उनीहरूलाई मानव बेचबिखनका लागि ट्याङ्करमा राख्न लागेको आशङ्कामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ” भिडियो थप विवरण दिइएको छैन तर ३० जना आप्रवासीलाई उनीहरूको देशमा नै सुपुर्दगी गरिने उल्लेख छ । घटनाबारे स्पष्ट जानकारी दिन एएफपीले सम्पर्क गर्दा प्रहरीले थप टिप्पणी गर्न अस्वीकार गरेको छ।

इरानको सीमाबाट करिब ३०० किलोमिटर टाढा रहेको यस प्रान्तमा अवैध आप्रवासीहरू नियमित रूपमा ट्रकभित्र लुकेर बाहिरिने गरेको बताउने गरिएको छ। टर्कीएले आप्रवासी (अधिकांश अफगानी) लाई प्रवेश गर्नबाट रोक्न सन् २०२१ मा इरानी सीमामा पर्खाल निर्माण गर्न सुरु गरेको थियो । उक्त क्षेत्रमा हालसम्म करिब २५० वटा निगरानी टावरसहित करिब ३८० किलोमिटर कङ्क्रिट ब्यारियर र ५५३ किलोमिटर ट्रेन्च निर्माण भइसकेको छ । रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार